राजनीति

गुल्मीमा माओवादीका क्रियाशिल कार्यकर्ता नेकपा एमालेमा प्रबेश

नवलपुर टुडे
२०७९ कार्तिक २४ | मध्यान्ह ०६:०७ बजे

इन्द्रजित नेपाली
गुल्मी । गुल्मी जिल्ला माओबादी केन्द्रका क्रियाशिल केहि नेताहरु नेपाल कम्युनिष्ट पार्टीबाट नेकपा एमालेमा पाटी प्रवेश गरेको छ । गुल्मीको तम्घास सदरमुकामस्थित नेकपा एमालेको पार्टी कार्यालयमा माओबादी केन्द्र गुल्मीका केही सदस्य तथा धुर्कोट गाउँपालिका कार्यपालिका पूर्व सदस्य कमला घर्ती, रेसुङ्गा नगरकमिटी सह–सचिव कमला परियार, सदस्य इन्दिरा मगर र पूर्व जनमुक्ति सेना तथा वाईसिएल जिल्ला सदस्य ज्ञानुराम खनाल लगायत कार्यकर्ताहरू एक कार्यक्रमका विच प्रवेश गर्नुभएको हो ।

उहाँहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष बालसिंङ काउछाले स्वागत गर्नुभएको हो । उहाँहरुको आगमनले नेकपा एमालेमा खुसी छाएको छ । पुर्व जनमुक्ति सेना तथा वाइसीएल जिल्ला सदस्य ज्ञानुराम खनालले ज्यानको बाजि थापेर हुर्काएको पार्टी र ब्याबस्थालाई माओवादी नेतृत्वले धरापमा पारेकाले एमालेमा आवद्ध हुन सबैलाई आग्रहसमेत गर्नुभयो।

आफू कम्युनिष्ट आन्दोलनको योद्धा भएकाले गठबन्धनले नेपाली जनताको माग र आवश्यकता नेकपा एमाले पार्टीले वाहेक अरु पाटीले पुरा गर्न नसक्ने घर्तीले बताउनुभयो ।

कमेन्टहरु