निर्वाचन जिताउनुस जनतालाई निराश पार्नेछैन : नेता कार्की

नवलपुर टुडे


नवलपुर । नवलपुरमा उम्मेदवारहरुले निर्वाचन लक्षित प्रचार प्रसारलाई तिब्रता दिएका छन । सोही अभियान अन्तरगत घरदैलो अभियानलाई तिब्रता दिएका नवलपुर क्षेत्र नं. २ लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेद्बार विष्णु कुमार कार्कीले निर्वाचन जिताएर पठाए आफुले जनतालाई निराश नपार्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।
पहाडी क्षेत्रका मतदातासँगको भेटघाट सकेर कावासोती आएका कार्कीले मंगलबार वडा नं. ३ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
“निर्वाचन जिताएर पठाउनुस तपाईहरुको भरोसा टुटन दिन, तपाईंहरु निराश हुनु पर्ने अवस्था आउदैन”, कार्कीले भने । कार्यक्रममा बोल्दै कार्कीले नमूना सदरमुकाम निर्माण, केरुङ्गेखोला तटबन्धसहित दिगो ब्यवस्थापन गर्ने बताए ।
त्यसै गरि कार्कीले गठबन्धनको सरकार बनेपछि सुकुम्वासी र अब्यवस्थित भूमिहिनलाई लालपूर्जा उपलब्ध गराउने समेत प्रतिवद्धता जनाएका छन् । प्रदेश २ क का साझा उम्मेदवार माओवादीका सोप सिर्पालीसहित घरदैलो र कोणसभामा सहभागी कार्कीले कागजमा मात्र सिमित रहेको नमूना सदरमुकामको कार्यलाई मूर्त रुप दिन पनि गठबन्धनका उम्मेदवारले जित्नपर्ने जिकिर गरे ।
कार्कीले यसबाहेक यहाँका शैक्षिक संस्थाहरुको शैक्षिक गुणस्तर बृद्धि, युवाहरुलाई उद्यमतर्फ लगाउने योजना, महिला, किशोरीलाई सुरक्षासहितको आत्मनिर्भर बनाउन प्रभावकारी कार्यक्रम ल्याउने बताए ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















