गण्डकी प्रदेशका ऊर्जामन्त्री आचार्यलाई मन्त्री पदबाट हटाउने तयारी

नवलपुर टुडे


पोखरा, कात्तिक २२ । गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गर्ने तयारी गरेका छन् । उनलाई आजै बर्खास्त गरिँदै छ ।
आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै आचार्यलाई मुख्यमन्त्री पोखरेलले बर्खास्त गर्न लागिएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार आचार्यले पछिल्लो समय एमाले उम्मेदवारलाई मत माग्दै हिँडेको सूचना प्राप्त भएको छ । आचार्यलाई हटाउन मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई पत्र पठाउने तयारी भइरहेको उनले बताए ।
यता मन्त्री आचार्यले भने आफूलाई बर्खास्त गर्न लागेको कुरा थाहा नपाएको बताएका छन् । उनले आफूले कसैको पक्षमा भोट माग्ने काम नगरेकाले यो मिथ्या आरोप भएको बताए ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















