लोसपाबाट निर्वाचत विन्दवासिनी गा.पा. अध्यक्ष तिवारीका कारण वडाध्यक्षका प्रत्यासीहरु पार्टी छोडदै

नवलपुर टुडे


वीरगंज २१ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गत स्थानिय तहको निर्वाचनमा पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिको विभिन्न वडाहरुमा वडाध्यक्षका प्रत्यासीहरुले धमाधम लोसपा परित्याग गरी एमालेमा प्रवेश गर्न थालेका छन् ।
लोसपाबाट विन्दवासिनी गाउँपालिकाको प्रमुखमा प्रमोद तिवारी विजयी भए पनि लोसपाबाटै पालिकाको वडा नं. २, ३ र ५ मा वडाध्यक्षको चुनाव लडेकाहरु पार्टी परित्याग गरेका छन्, कारण पालिका अध्यक्ष तिवारी नै रहेको स्वयं वडाध्यक्षका प्रत्यासीहरुले जनाएका छन् ।
पालिका प्रमुखमा जितेका प्रमोद तिवारी वडा अध्यक्षका प्रत्यासीहरुलाई धोखा दिएको कारण उनिहरु हारेको बताईरहेका छन् भने तिवारीले वडाहरुबाट भोट लिएको तर वडाध्यक्षहरुलाई भोट नदिलाएको आरोप समेत लगाएका छन् ।
पालिका अध्यक्षमा जितेपनि तिवारीले वडाहरुमा विकास निर्माणको कुनै पनि काम अगाडि नबढाएको, बिना कुनै सल्लाहको एकलौटी रुपमा कार्यहरु गरिरहेको, जनता सँग गरेका वाचाहरु पनि पुरा नगरी भ्रष्टाचारमा लिप्न हुन लागेको जस्ता विभिन्न आरोपहरु लगाउदै एकपछि अर्को गरी एमालेमा प्रवेश गरेको जनाईएको छ ।
पालिका अध्यक्षमा जिते पछि तिवारीले कुनै नयाँ कार्यको शुभारम्भ समेत गरेका छैनन्, पालिकामा भ्रष्टाचार पनि त्यतिकै बढेको र अध्यक्षले सो भ्रष्टाचारमा सक्रिय सहभागीता जनाएकै कारण वडाध्यक्षका प्रत्यासीहरु लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेको बताईएको छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















