राजनीति

देश विकासमा महिलाको भुमिका अग्र स्थानमा: बिनोद चौधरी

नवलपुर टुडे
२०७९ कार्तिक १९ | मध्यान्ह ०७:०७ बजे

नवलपरासी, कार्तिक १९ । नेपाली कांग्रेसका उम्मेदवार बिनोद चौधरीले विश्वको बिकासमा महिला समुदायको भुमीका अग्रणी स्थानमा रहेको बताउनुभएको छ । नवलपरासी क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यमा सत्ता गठवन्धनको तर्फबाट उम्मेदवारसमेत रहनुभएका नेता चौधरीले आज बर्दघाटमा महिला संघद्धारा आयोजित अगुवा महिला कार्यकर्ता भेलालाई सम्वोधन गर्दै यस्तो बताउनुभएको हो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहनुभएका नेता चौधरीले महिला समुदायको भुमीका मुलुक भरी अग्रणी स्थानमा छ । त्यसैले नेपालसहित विश्वका विभिन्न राष्ट्रको विभिन्न महत्वपुर्ण भुमिकामा महिलानै नेतृत्व गर्दै आफ्नो सफलता देखाईसकेको उदाहरण प्रस्तुत गर्नुभयो ।

आधा संसार ढाँकेका महिला समुदायलाई सवै वर्गले उत्तिकै मान सम्मान साथ साथै, हातमा हात मिलाएर संग संगै देशको बिकासमा लाग्नुपर्ने बिचार राख्नुभयो । नेपाली महिला संघ नवलपरासीकी जिल्ला अध्यक्ष कमला पराजुलीको अध्यक्षतामा महिला संघकी क्षेत्रीय सभापति बिमला उपाध्यायको स्वागत तथा मुना धनन्जयले संन्चालन गर्नुभएको थियो ।

सो कार्यक्रममा महिला संघकी केन्द्रिय अध्यक्ष उषा रावत, नेपाली कांग्रेस संघीय निर्वाचन क्षेत्रीय सभापति मुकुल आचार्य, समानुपातीक उम्मेदवार लाल वहादुर गुरुङ, प्रदेश सभा सदस्यका उम्मेदवार बिश्वप्रेम पाठक लगायतले बोल्दै लोकतन्त्र रक्षा र यहाँका अधुरो बिकास निर्माणलाई पुरा गर्न कांग्रेसलाई जिताउन अनुरोध गर्नुभएको थियो ।

photo 2022 11 05 19 11 19

कमेन्टहरु