कांग्रेसले भोलि संकल्पपत्र सार्वजनिक गर्ने

नवलपुर टुडे
२०७९ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

काठमाडौं, कात्तिक ६ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्पपत्र भोलि कात्तिक ७ गते सार्वजनिक गर्ने भएको छ।
यसअघि सङ्कल्पपत्र आइतबार साँझ सार्वजनिक गरिने भनिए पनि काठमाडौँ उपत्यकाबाहिर रहेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा आउन ढिलाइ हुने भएपछि भोलि बिहान १०ः३० का लागि सो कार्यक्रम तय गरिएको पार्टी कार्यालयले जनाएको छ।
प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच सङ्कल्पपत्र सार्वजनिक गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।






















