राजनीति

पुर्वमन्त्री एवम प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कण्डेल वडास्तरीय भेला तथा घरदैलो कार्यक्रममा ब्यस्त(तस्बिर सहित)

नवलपुर टुडे
२०७९ कार्तिक ५ | मध्यान्ह ०६:०७ बजे

नवलपरासी, कार्तिक ०५ । यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे चुनाव नजिकिँदै जादा नवलपरासीका सम्पूर्ण राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । यसै क्रममा पश्चिम नवलपरासी क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलले रामग्राम नगरपालिका वडा नं १७ काे बरारी, महुवा, पिपरहिया र देवगावमा घरदैलो तथा गाउँ भेला गर्नुभएकाे छ ।

साथै रामग्राम नगपालिका वडा नं १५ काे ननई, डिघवल, घिनहा र सुक्राैली लगायतकाे टाेलमा घरदैलो गरिएकाे कण्डेलका स्वकिय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभयाे । यस्तै नेपाली काङ्ग्रेसद्वारा सरावल गाउँपालिका वडा नं ४ मा वडा स्तरीय अगुवाकार्यकर्ता भेला सम्पन्न गरिएकाे छ ।

नेपाली काङ्ग्रेस नेता जनमजय यादवकाे अध्यक्षता तथा प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यता तथा प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार एवम् नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य विनाेद चाैधरी, क्षेत्र नं १ (ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार देवकरण कलवार (सन्तु) लगायतका नेताहरुले आफ्नो भनाई राख्नुभएकाे कण्डेलका स्वकीय सचिव रायमाझीले बताउनुभयो ।

photo 2022 10 22 18 28 01photo 2022 10 22 18 28 05photo 2022 10 22 18 28 10photo 2022 10 22 18 28 14photo 2022 10 22 18 28 22photo 2022 10 22 18 28 28 1photo 2022 10 22 18 28 34

कमेन्टहरु