राजनीति

सत्ता गठबन्धनका शीर्ष नेताहरु विराटनगर आउँदै

नवलपुर टुडे
२०७९ कार्तिक ५ | मध्यान्ह १२:०७ बजे

विराटनगर । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरु आज विराटनगर आउँदै छन् । प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता विराटनगर आउने कार्यक्रम छ । 

प्रधानमन्त्री देउवासहित शीर्ष नेताले विराटनगर बरगाछीस्थित स्थानीय मनास्लु होटलमा आयोजना हुने कार्यकर्ता प्रशिक्षणमा गठबन्धनको महत्व, प्रभाव र आवश्यकता तथा चुनावी रणनीतिको विषयमा जानकारी गराउने छन् । 

नेपाली कांग्रेसका प्रदेश नं. १ का सभापति उद्धव थापाले प्रधानमन्त्री र शीर्ष नेता आजै फर्किने जानकारी दिए । गठबन्धनले आज जनकपुरमा पनि संयुक्त कार्यक्रम आयोजना गरेको छ ।

कमेन्टहरु