निगमले तिर्यो ७३ करोड रुपैयाँ किस्ता

नवलपुर टुडे


काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ७३ करोड नौ लाख ५५ हजार रुपैयाँ किस्ता भुक्तानी गरेको छ ।
निगमले अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरू खरिद गर्न सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण लिएको थियो । सो ऋण दायित्वबापतको किस्ता सोमबार भुक्तानी गरेको निगमले जनाएको छ । निगमले न्यारोबडी जहाज खरिदका लागि कर्मचारी सञ्चय कोषसँग लिएको साँवा तथा ब्याजबापत ५३ करोड नौ लाख ५५ हजार रुपैयाँ तिरेको छ । त्यस्तै, वाइडबडी जहाज खरिदका लागि लगानी कोषसँग लिएको ऋणको किस्ताबापत २० करोड रुपैयाँ तिरेको बताएको छ ।
कोरोना महामारीलगायतका कारणले निगमले विगत तीन वर्षदेखि दुवै ऋणदातालाई किस्ता भुक्तानी गर्न सकेको थिएन । कोभिड महामारी कम हुँदै गएपछि क्रमशः व्यापार लयमा फर्किन थालेको भन्दै निगमले ऋणको दायित्व भुक्तानी गर्न थालेको हो ।
निगमले ०७६ पछि ३० असार ०७९ मा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापत एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको थियो । पछिल्लो समय नियमित उडान, अकुपेन्सी दरमा सुधारलगायतबाट आम्दानीमा वृद्धि भएको निगमको दाबी छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी एयरबस ३३० र दुईवटा न्यारोबडी एयरबस ३२० जहाज रहेका छन् ।
तर, चारवटा जहाजको अधिकतम उपयोग भने हुन सकेको छैन । जहाजमा सामान्य समस्या आउँदा पनि हप्तौँ–महिनौँसम्म ग्राउन्डेड हुने यथार्थता छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















