हाम्रो गठबन्धन पवित्र, एमालेको अपवित्र : माधव नेपाल

नवलपुर टुडे


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको टिप्पणी गरेका छन् । ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो गठबन्धन संविधान जोगाउनको लागि भएको दाबी गरे ।
उनले भने, ‘हामी सहकार्य गर्न सक्छौँ । धेरै ठाउँमा जित्न सक्छौँ । गठबन्धनको बारेमा विपक्षीले भ्रम फैलाउन थालेका छन् । विपक्षीको अनेक कुरालाई खण्डन गर्नुपर्छ । गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक भनेर प्रश्न गरेमा हामीले काउण्टर दिनुपर्छ । हामीले गरेको गठबन्धन पवित्र हो । विपक्षी गठबन्धन अपवित्र हो ।’
ओलीले संविधान मास्ने कदम गरेपछि गणतन्त्र र संविधान जोगाउन आफूहरूले गठबन्धन गरेको नेपालको भनाइ थियो । ‘दुई पटक संविधान कुल्चिने काम भएको थियो । अधिकार नाघेर तत्कालीन प्रधानमन्त्रीले कदम चाले । हामी एकै ठाउँमा उभिएर संविधान र लोकतन्त्र जोगायौं’, उनले भने ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















