बारामा गठबन्धन दलका भातृसंगठन एक भएर जाने

नवलपुर टुडे


बारा । आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलका भातृ संगठनहरुले एक भएर जाने निर्णय गरेका छन् । विहिबार एक विज्ञप्ती जारी गर्दै सत्ता गठबन्धन दलका भातृ संगठनहरु नेपाल तरुण दल बारा, युवा संघ नेपाल, वाईसिएल नेपाल र लोकतान्त्रिक युवा संघ नेपाल बाराले निर्वाचनमा एक भएर जाने र आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउने निर्णय गरेको हो ।
‘सत्ता गठबन्धनको सहमती भए अनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र लोसपाका उम्मेदवारहरुलाई जिताउने अभियान अन्र्तगत गठबन्धनमा रहेका भातृ संगठनको जिल्ला अध्यक्षहरु एक भएर जाने र युवा परिचालन गर्ने निर्णय गरियो’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सो विज्ञप्तीमा नेपाल तरुण दलका बारा जिल्ला अध्यक्ष दिपेन्द्र पटेल, युवा संघ नेपालका आर के भट्टराई, वाईसिएल नेपाल शुभ नारायण पटेल र लोकतान्त्रिक युवा संघ नेपालका साविर आलमले संयुक्त हस्ताक्षर गरेका छन् ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















