रञ्जु दर्शनाले पाइन् चुनाव चिन्ह सेलरोटी

नवलपुर टुडे
२०७९ अशोज २७ | बिहान १०:०६ बजे

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले सेलरोटी चुनाव चिन्ह पाएकी छन्।
बुधबार निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारलाई चिन्ह वितरण गरेकोमा रञ्जुले रेलरोटी चुनाव चिन्ह पाएकी हुन्। सेलरोटी चुनाव चिन्ह पाएपछि दर्शनाले खानाका रूपमा सेलरोटी आफ्नो मनसँग निकै नजिक रहेको बताएकी छन्।
केही वर्ष पहिले तिहारका बेला दर्शनाले सेलरोटी पकाएर बेच्ने काम गरेकी थिइन्।






















