नेकपा एमाले परित्याग घनश्याम भुसालले गठबन्धनको समर्थनमा रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने

नवलपुर टुडे


बुटवल । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
गठबन्धनका दलको समर्थनमा उनले उम्मेदवारी दिन लागेको भुसालले बताए । आईतबार विहान आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा नेता भुसाललाई समर्थन गर्न माओवादी अध्यक्ष प्रचण्ड तयार भएपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरको भुसालले बताए ।
स्वतन्त्र उम्मेदवारी दिएको भएपनि गठबन्धनका दलले उनलाई सहयोग गर्ने सहमति भएको नेता भुसालले जानकारी गराए । नेता भुसालले चुनाव चिन्ह भने तय भएनसकेको बताए । माओवादी अध्यक्ष प्रचण्डले आफूलाई सघाएर उम्मेदवारीमा समर्थन गरेकोप्रति उनले प्रचण्डलाई धन्यबाद पनि दिए ।
तत्कालका लागि स्वतन्त्र नै भएर निर्वाचनमा लाग्ने बताउँदै नेता भुसालले आफू बाम एकताको प्रयासमा लागि रहेको बताए । निर्वाचनपछि कुन दलमा जाने भन्नेबारे भने उनले केही खुलाएनन् । नेता भुसालले एमाले अध्यक्ष केपी ओलीमा ब्यक्तिबाद हाबी भएको र पार्टीको नीति, सिद्धान्त अनुसार ओली चल्न नसकेको आरोप लगाए । पार्टीमा नीति अनुसार नेतृत्व चल्न नसकेकाले आफूले पार्टी परित्याग गरेको उनले उल्लेख गरे । पटक पटक संसदलाई प्रहार गरे संविधान उल्ट्याउन आलीले प्रयास गरेको भन्दै संविधानको रक्षाको लागि हालसम्म आफूले प्रयास गरेको उनले बताए ।
ओलीको कार्यशैली गलत भएका कारण एमाले लोकतन्त्रीक पार्टी बन्न नसकेको उनको भनाई छ । नेता भुसालले आज मनोनयन दर्ता गराउने बताए ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















