लोसपाले टुङ्ग्यायो ८ जना उम्मेदवार, राजेन्द्रले पाएनन् सत्ता गठबन्धनको सहयोग

नवलपुर टुडे


काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले प्रतिनिधिसभाका उम्मेदवार तय गरेको छ । सत्ता गठबन्धनसँगको तालमेलमा पाएको ७ सिटमा लोसपाले उम्मेदवार खडा गरेको हो ।
सप्तरी १ मा जयप्रकाश ठाकुुर, धनुषा ३ मा अनिलकुमार झा, महोत्तरी २ मा शरदसिंह भण्डारी, महोत्तरी ३ मा महन्थ ठाकुर, सर्लाही १ मा रामप्रकाश चौधरी, सर्लाही २ मा राजेन्द्र महतो, बारा ३ मा प्रमोद गुप्ता र पर्सा १ मा लक्ष्मणलाल कर्ण उम्मेदवार भएका छन् । सत्ता गठबन्धन र लोसपाबीच सर्लाही २ मा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । सर्लाही २ मा सत्ता गठबन्धनबाट माओवादीको चुनाव चिन्ह लिएर नेपाल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष महिन्द्रराय यादव उम्मेदवार बनेका छन् ।
सत्ता गठबन्धनमा लोसपाका वरिष्ठ नेता महतोले मात्र साथ नपाउने भएका छन् । ०७४ मा चुनाव जितेको धनुषा ३ अनिल झालाई छाडेर महतो सर्लाही २ मा उम्मेदवार बन्ने भएका छन् ।
यस्तै ०७४ मा रौतहट १ बाट जितेका झा धनुषा ३ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् । रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार बन्ने भएका छन् ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















