\कांग्रेस संसदीय बोर्ड बैठक निरन्तर जारी, ९० प्रतिशत उमेदवार टुंगो लाग्यो

नवलपुर टुडे
२०७९ अशोज २३ | बिहान ०६:०६ बजे

काठमाडौं । नेपाली कांग्रेसको संसदीय बोर्ड बैठक जारी छ । उमेदवार टुंगो लगाउन बसेको बोर्ड बैठक अझै जारी छ । बैठकले अझै सबै जिल्ला तथा क्षेत्रका उमेदवार टुंगो लगाउन सकेको छैन ।
यद्यपि, ९० प्रतिशत उमेदवार टुंगो लागेको एक पदाधिकारीले जानकारी दिए । “९० प्रतिशत उमेदवार टुंगो लागिसकेको छ । अब बाँकी उमेदवार टुंगो लगाउन छलफल भइरहेको छ,” ती पदाधिकारीले भने । बिहान ७ बजेसम्म उमेदवार टुंगो लगाइसक्ने बताइएको छ ।
आज ७ बजेसम्म पनि बोर्डबाट टुंगो नलागे महामन्त्रीसँग समन्वय गरेर सभापति शेरबहादुर देउवाले उमेदवार छनोटको निर्णय गर्नेछन् ।






















