गठबन्धनमा सीट बाँडफाँट ‘फाइनल टच’ हुँदै, कांग्रेस ८० मा झर्ला ?

नवलपुर टुडे


काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रको सीट बाँडफाँट आजै टुंगो लगाउने र ढिलोमा भोलि बिहानसम्म सहमतिमा हस्ताक्षर गर्ने भएको छ । हिजै सहमति हुने भनिए पनि जसपालगायतका साना दलले केही सीटमा नमानेपछि आज टीका लगाएर पुनः छलफलमा जुट्नेगरी आफूहरू जुटेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनले कोशी पश्चिम र राप्ती पूर्वका केही जिल्लाहरूमा कुरा मिलेको छैन ।
नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने आजै रातिसम्म भने पनि सहमतिमा हस्ताक्षर गर्ने तयारी रहेको बताए । उनका अनुसार कांग्रेस ८५ सीटमा चुनाव लड्ने लगभग सहमति छ । त्यस्तै माओवादी ४४ सीटमा लड्ने उनले जानकारी दिए । नेकपा एसलाई १८ र जसपाले १६ सीट दिने प्रस्ताव दुई ठूला दलले राखेकोमा आफूहरूले त्यसमा नमानेको खनालले बताए । नेकपा एसले कम्तीमा २० सीटको अडान राखेको छ भने जसपाले २५ भनेको छ । जसपा १६ सीट लिएर गठबन्धनमा नबस्ने भएको छ ।
जसपाले मागे बमोजिमको सीट दिँदा गठबन्धनका ठूला दलमध्ये कांग्रेस ८० तिर झर्नुपर्ने देखिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव एमालेसँग पनि समानान्तर वार्तामा रहेको जानकारी पाएपछि गठबन्धनका शीर्ष नेता दबाबमा परेका छन् । जसपाले गठबन्धनमा प्रतिनिधिसभाको मात्र होइन मधेस प्रदेशको सीटमा मुख्य असहमति जनाएको छ । चुनावपछि मधेसमा आफ्नो नेतृत्वको सरकार बन्न गाह्रो हुने गरी सीट बाँडफाँट हुन लागेपछि उपेन्द्रले एमालेसँग तालमेलको तयारी गरेका छन् ।
त्यही बुझेर गठबन्धनले चाँडै हस्ताक्षर गर्न खोजेको छ । उपेन्द्र भने एमालेसँग प्रतिनिधिसभामा २५ सीट र मधेस प्रदेशमा आधा भन्दा बढी सीट लिएर तालमेल गर्ने र गठबन्धन छाड्ने सोचमा छन् । उपेन्द्र एमालेसँग जाँदा मधेस प्रदेशका ३२ मध्ये दुई तिहाइ सीट एमाले जसपा गठबन्धनले जित्ने मतभार स्थानीय चुनावबाट देखिएकाले पनि गठबन्धनमै राख्न कांग्रेस थप लचिलो हुँदैछ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















