राजनीति

उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता एमालेमा प्रवेश

नवलपुर टुडे
२०७९ अशोज १४ | मध्यान्ह ०४:०६ बजे

कृष्णनगर, असोज १४ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने रामकुमार गुप्तालाई आज नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छन् ।

रामकुमार गुप्ता कृष्णनगरमा सक्रिय राजनीति गर्दै आएका व्यक्तिका रूपमा परिचत छन । हाल उनी उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष पदमा रहेका छन् । उनलाई राष्ट्रिय युवा संघ कृष्णनगर अध्यक्ष तथा प्रदेश शभा सदस्यका प्रबल दावेदार मिर्जा राशिद बेगले लामो समयदेखी पार्टीमा प्रवेश गराउने पहल गर्दै आएका थिए ।

गुप्ता पार्टी प्रवेश गरेपछि कृष्णनगरमा एमाले समर्थकमा थप उर्जाका साथ आउने चुनावमा पार्टीलाई सहयोग हुने विश्वास पार्टी समर्थकले गरेका छन् ।

कमेन्टहरु