राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा पर्नु हुदैन : प्रेस युनियन

नवलपुर टुडे


काठमाडौं, असोज ५ । नेपाल प्रेस युनियनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संवैधानिक दायित्वबाट विचलित नहुन आग्रह गरेको छ । नेपालको संविधान २०७२ ले दिएको जिम्मेवारी प्रतिकुल हुने गरी राष्ट्रपतिले संसदले पठाएको विधेयक प्रमाणिकरण नगरे पछि युनियनले राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो ।
युनियनका महासचिव दिलीप पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी सविधानको भावना र मर्मलाई पालना गर्दै संवैधानिक सर्वोच्चता कायम गरी राष्ट्रपति जस्तो संस्थाको गरिमा बचाई मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन अपिल गरेका हुन् ।
‘नागरिकता विधेयक’ राजनीतिक विषय भए पनि विधेयक प्रमाणीकरण संवैधानिक जिम्मेवारी भएको समेत युनियनले बताएको छ । युनियनका महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रपति संविधानको संरक्षक हो । संविधान पालना गर्नु गराउनु उहाँको प्रमुख दायीत्व हो ।’ दलहरूका वीचमा केही राजनीतिक असहमतिहरू भए दलहरूले नै संवादबाट समाधान गर्न आग्रह गर्दे राजनीतिक विषयमा राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा नपार्न भनेको छ ।
संसदले दोस्रो पटक पठाएको विधेयक राष्ट्रपतिबाट तोकिएको समय सीमा भित्र प्रमाणिकरण नगरे पछि राष्ट्रपति र सत्ताधारी राजनीतिक दलबीच द्वन्द्व सृजना भएको युनियनले जनाएको छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















