गोरखा एमालेले गर्यो गुन्डा नाईके चक्रे मिलनलाई उम्मेदवार सिफारिस

नवलपुर टुडे
२०७९ भदौ २० | बिहान ०६:०५ बजे

गोरखा । गुन्डा नाइकेको रुपमा चिनिने मिल गुरुङ (चक्रे मिलन) लाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने नेकपा एमाले गोरखाले सिफारिस गरेको छ ।
एमाले गोखराको आइतबार बसेको बैठकले गोरखा २ बाट गुन्डा नाईके चकेसहित तीन जनाको नाम प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको हो ।
गोरखा एमालेले गुरुङ, दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको छ । चक्रे मिलनका नामबाट चर्चित मिलन गुरुङको विगत विवादास्पद छ ।






















