जसपा कपिलवस्तु ३ बाट अशोक यादवको नाम सिफारिश

नवलपुर टुडे


कपिलवस्तु, भाद्र १९ । जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला संसदीय निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समिति भेलाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टीका प्रदेश अध्यक्ष अशोक कुमार यादवलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ । पार्टीको शुक्रबार चन्द्रौटामा सम्पन्न भेलाले सो निणर्य गरेको हो ।
जसपाले प्रदेशसभा ३ (क) का लागि प्रत्यक्षतर्फ जगदम्बा प्रसाद चौधरी कुर्मी, सत्तीस चन्द्र गुप्ता, प्रमिला चौधरी एवं मिनहज आलम खाँलाई सिफारिस गरेको छ भने प्रदेशसभा ३ (ख) का लागि शिवपुजन यादव, आरती सिंह यादव, अस्लम खान एवं अब्दुल नबाब साहको नाम सिफारिस गरेको छ ।
त्यसैगरी समानुपातिक तर्फ प्रतिनिधिसभाका लागि रामचरन प्रसाद यादव, तजरुम मेहताब खाँ, सन्तराम तेली, रेखा श्रीवास्तव एवं अब्दुल रहिम खानलाई सिफारिस गरेको छ । समानुपातिक तर्फ नै प्रदेश सभाका लागि पुनम चौधरी, प्रभु यादव, खुर्सीद आलम खाँ, राम किसुन यादव, जगमोहन बरई, साहिदा खातून, चिन्कनी थारुको नाम सिफारिस गरेको छ ।
त्यसैगरी बैठकले आगामी असोज २ गते निर्वाचन क्षेत्रस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निणर्य गरेको क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरीले जानकारी दिए ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















