रुपन्देही -३ बाट गृहमन्त्री खाण सर्वसम्मत सिफारिस

नवलपुर टुडे
२०७९ भदौ १९ | मध्यान्ह ०५:०५ बजे

भैरहवा । नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर – ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाणको नाम सर्वसम्मत सिफारिस गरेको छ।
रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौँ बैठकले केन्द्रीय सदस्य खाणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए।
अघिल्लो पटक समानुपातिकमा बसेका खाण अहिले प्रत्यक्ष लड्ने तयारीमा छन्।






















