नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

नवलपुर टुडे
२०७९ भदौ १९ | मध्यान्ह ०४:०५ बजे

काठमाडौ । प्रतिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रस्तुत भएको छ।
राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराए।
राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो। रासस






















