मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा

नवलपुर टुडे
२०७९ भदौ १८ | मध्यान्ह ०२:०५ बजे

जनकपुरधाम, भदौ १८ । मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्ने तयारी गरेका झाले शनिबार मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाएका हुन् ।
आजै जनता समाजवादी पार्टीमा विधिवत् प्रवेश गरेर निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्न लागेका झाले उम्मेदवार बन्नु अगाडि पदबाट राजीनामा दिएको बताएका छन् । झालाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । उनी महोत्तरी क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन् ।
सो क्षेत्रमा २०७४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए ।






















