यूएई संसद्का उपाध्यक्ष यामाही दुईदिने नेपाल भ्रमणमा

नवलपुर टुडे


काठमाडौ । संयुक्त अरब इमिरेट्स (यूएई) संसद्का उपाध्यक्ष मोहम्मद अहमद अल यामाही दुईदिने नेपाल भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं आएका छन् ।
मुस्लिम आयोगको निमन्त्राणामा आएका यामाहीलाई शुक्रबार बिहान नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदन मोहम्मद अल नक्बी, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र आयोगका सदस्यहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
यामाही दुई महिनापछि अरब मुलुकका २२ देश सदस्य रहेको अरब लिगको महासचिव नियुक्त हुँदैछन् । अरब लिगको सचिवालय इजिप्टमा रहेको छ । यामाहीले दुईदिने नेपाल बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतसँग भेट्नेछन् ।
यामाही आइतबार स्वदेश फर्कनेछन् ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















