राजनीति

कांग्रेस बुलिङ्टारको कार्यसमिति बैठकले रिक्त पद्पुर्ति तथा ११ भातृसंगठनका संयोजक चयन

नवलपुर टुडे
२०७९ भदौ ५ | मध्यान्ह ०८:०५ बजे

कावासोती । नेपाली कांग्रेस बुलिङ्टार गाउँपालिका कार्यसमितिको शनिबार बसेको बैठकले रिक्त रहेको विभिन्न पदको पदपुर्ति गरिएको छ भने, ११ वटा भातृसंगठनको संयोजक पनि चयन गरिएको छ ।

कार्यसमितिले लामो समय नेपाली कांग्रेस बुलिङ्टार गाउँ कार्यसमितिको कोषाध्यक्ष पद रिक्त रहेको हुँदा कांग्रेसको विधान र २०७६ को नियमावली अनुसार कोषाध्यक्ष पदमा पार्वती काफ्लेलाई मनोनयन गरिएको छ । त्यसैगरी बुलिङ्टार गाउँपालिका – १ का सभापति बलबहादुर आले विशेष परिस्थितिमा पार्टीको कार्यमा सम्पर्क नहुदा उक्त पदको लागि कार्यबाहक सभापति होम नाथ रानालाई तोकिएको छ ।

कार्यसमितिको बैठकले संगठन विभागको संयोजक गम बहादुर लुङ्गेली, अभिलेख अनुगमन तथा मुल्यांकन विभाग संयोजक महादेव तिवारी, वातावरण तथा स्वास्थ्य विभाग संयोजक बुद्धराज मल्ल, सूचना संचार तथा प्रचारप्रसार विभाग संयोजक सन्दिप श्रेष्ठ, महिला विभाग संयोजक कमला श्रेष्ठ, तरुण विभाग संयोजक अनिस खण्डलुक, पेशागत विभाग संयोजक भबिलाल राना, प्रशिक्षण विभाग संयोजक डोलराज घिमिरे, युवा तथा खेलकुद विभाग संयोजक भेट बहादुर राना, जल उर्जा तथा प्राकृतिक स्रोत विभाग संयोजक प्रेम बहादुर थापा र भातृ संघ समन्वय विभागमा संयोजक गौतम दराईलाई सर्वसम्मतले चयन गरिएको छ ।

कार्यसमितिको बैठकमा बुलिङटार गाउँपालिकाका सभापति ओम कुमार श्रेष्ठ, उपसभापति मीन बहादुर आले, उपसभापति शेर बहादुर खाँड, सचिब मन प्रसाद भाट, सचिब प्रदिप कँडेल, सहसचिव सोम बहादुर पुलामी, सहसचिव कान्त बहादुर आले, सदस्यहरु क्रमशः नवल सिं चुनी, दान बहादुर सेन ठकुरी, पूर्ण बहादुर रानाभाट, हिमाल गाहा, पार्वती काफ्ले, खड्क बहादुर सारु मगर, श्याम श्रेष्ठ, खड्कजीत पुलामी, बद्री प्रसाद घिमिरे, इन्द्र बहादुर राना मगर, रहु माया रानाभाट, माया बाचे मगर, सकुन्तला पौडेल घिमिरे, कमलराज वकावल(बुलिङ्टार वडा नं २ सभापति), पूर्ण बहादुर सुस्लिङ (बुलिङ्टार वडा नं ३ सभापति), चेत बहादुर गोदामी(बुलिङ्टार वडा नं ४ सभापति), ठग बहादुर मल्ल(वडा नं ५ सभापति), मोहनराज पाठक(वडा नं ६ सभापति), हुमलाल ठाडा मगर (नेपाली कांग्रेस क्षेत्र नं १ क्षेत्रीय सदस्य) विशाल आले, दिलमाया राना (बुलिङ्टार गा.पा. उपाध्यक्ष) र चन्द्र बहादुर विरकट्टा सहभागी रहेका थिए ।

कार्यसमितिको बैठक बुलिङ्टार गाउँपालिका स्थित बाझघरमा सभापति ओम कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु