लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री यादव जसपा छाडेर एमालेमा प्रवेश

नवलपुर टुडे
२०७९ साउन ३१ | मध्यान्ह ०४:०४ बजे

बुटवल, साउन ३१ । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्व कृषिमन्त्री विजय यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बाँके जिल्लाको २ को ‘क’ बाट निर्वाचित प्रदेश सांसद यादवलाई नेकपा एमालेका केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय कमिटी सचिव एवं एमाले लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल बिश्वकर्मा लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका हुन् ।
यसअघि एमाले नेतृत्वको प्रदेश सरकारमा जसपाबाट मन्त्री बनेका यादवलाई जसपाले सांसदबाट हटाउन गरेको सिफारिसअनुसार उनी सांसदबाट पदमुक्त भएका थिए ।






















