आगामी निर्वाचनका लागि काँग्रेसले पनि गरायो दल दर्ता

नवलपुर टुडे


काठमाडौं, साउन ३१ । आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन परियोजनका लागि नेपाली कांग्रेसले मंगलबार दल दर्ता गरेको छ । पार्टीका उपसभापति धनराज गुरुङ नेतृत्वको टोलीले मंगलबार अपरान्ह निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो ।
सहयोगीका रुपमा काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल र केन्द्रीय कार्यालयका सचिवद्वय प्रकाश शर्मा र केशव रिजाल पनि निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोगले आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आज अन्तिम मिति तोकेको थियो । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता नहुँदा काँग्रेसको दल दर्ता ढिलाइ भएको हो ।
सभापति शेरबहादुर देउवाले मंगलबार १० जना महिला केन्द्रीय सदस्य मनोनित गरेपछि दल दर्ता गर्न काँग्रेसलाई सहज भएको थियो ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















