राजनीति

राजीनामा नदिए राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलको माग

नवलपुर टुडे
२०७९ साउन ३० | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ।

आइतबार राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसदमा फिर्ता गरेपछि तरुण दलले राष्ट्रपतिको राजीनामा माग गर्दै नदिएमा महाअभियोग लगाएर भए पनि पदच्यूत गर्नु पर्ने माग गरेको हो ।

राष्ट्रपतिले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति मार्फत् नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलबाड गरेको भन्दै राजीनामा माग्दै राजीनामा नदिए महाअभियोग लगाउनुपर्ने माग गरेका हुन्।

कमेन्टहरु