माओवादी जिल्ला इन्चार्जको शिक्षकमा पुनर्बहाली

नवलपुर टुडे


काठमाडौ । नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मंगलबहादुर शाही पुनः शिक्षक पेसामा फर्किएका छन् । मुगुको सोरु गाउँपालिका-६ सोरुकोट निवासी ५१ वर्षीय उनी २०४२ सालमा शिक्षक पदमा स्थायी भएका थिए ।
सोरुकोट युवा वर्ष आधारभूत विद्यालयमा कार्यरत शाही २०५८ सालमा स्वेच्छाले माओवादीमा लागी भूमिगत भएपछि ११ वर्षसम्म रिक्त रहेको उक्त पदमा उनी पुनर्बहाली भएका हुन् । सर्वोच्च अदालतको फैसलापछि द्वन्द्वकालमा भूमिगत भएका शिक्षक शाही पुनर्बहाली भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्यबहादुर खत्रीले बताए ।
शिक्षकको नियुक्तिपत्र लिएर स्कुलमा फर्किने वा माओवादी पार्टी इन्चार्जमै रहेर राजनीतिक स्थापित गर्ने भन्ने शाहीको व्यक्तिगत विचारमा भर पर्ने उनको भनाइ छ । करिब ७ वर्षभन्दा धेरै समय भूमिगत जीवन बिताएका शाही २०६२/०६३ मा शान्तिपछि पार्टीको खुल्ला राजनीतिमा देखा परेका थिए ।
उनीसँगै छायाँनाथ रारा नगरपालिकाका बर्मासिंह नेपाली खत्याड गाउँपालिकाका नरबहादुर रावल र सप्तरीका रामलाल मुखिया पनि शिक्षक पदमा पुनर्बहाली भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















