राजनीति

जबरा विरुद्धको महाभियोगमाथि संसदमा छलफल सुरु

नवलपुर टुडे
२०७९ साउन २२ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावमाथि संसद छलफल सुरु भएको छ। अहिले सांसदहरु प्रस्तावमाथिको छलफलमा भाग लिँदै आफ्ना धारणा राखिरहेका छन्।

संसदमा दर्ता भएको करिब साढे पाँच महिनापछि जबरामाथि लगाइएको महाअभियोगको प्रस्तावमाथि छलफल सुरु भएको हो। गत फागुन १ गते सत्ता रुढ दलका सांसदहरुले जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए। कांग्रेसका तर्फबाट तत्कालीन सचेतक पुष्प भुसाल ,माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपका एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराज श्रेष्ठ प्रस्तावकसहित तीन दलका ९५ सांसदको समर्थनमा संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो। महाअभियोग दर्ता भएसँगै जबरा निलम्बनमा परेका थिए।

भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्षम/असफल भएको, संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भागबन्डा गरेको, पेसी सूची (कजलिस्ट)मार्फत मुद्दा सेटिङ, आफूअनुकूल फैसलाका लागि रोजाइको इजलास निर्धारण, बिचौलियासँग साँठगाँठ, शक्ति पृथकीकरणको सिद्धान्तलाई निस्तेज, न्यायाधीशबीच गुटबन्दी र न्यायमा बिचलन ल्याउने काम गरेको आरोप प्रधानन्यायाधीश जबरामाथि लगाइएको छ। संसदले प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगमाथि छानबिन गर्न फागुन २२ मा महाभियोग सिफारिस समिति गठन गरेको थियो।

कमेन्टहरु