राजनीति

सत्ता गठबन्धनले भदौ पहिलो साताभित्र निर्वाचन क्षेत्र

नवलपुर टुडे
२०७९ साउन २० | मध्यान्ह ०१:०४ बजे

काठमाडौँ, साउन २० । १६५ निर्वाचन क्षेत्रको भागबण्डा भदौको पहिलो साताभित्र मिलाउने सत्तारुढ पाँच दलीय गठबन्धनले बताएको छ । सरकारले मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेपछि चुनावी तालमेल र भागबण्डाबारे छलफल गर्न आज बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको हो ।

सत्ता गठबन्धनमा रहेका दलहरुले सिट भागबण्डामा आआफ्नै प्रस्ताव अघि सारेका छन् । तर शुक्रबारको बैठकमा कुनैपनि दलले सिट दावी नगरेको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।

कमेन्टहरु