एमाले उपाध्यक्ष सुभास नेम्वाङको बर्बराहत, सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको आरोप

नवलपुर टुडे


बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् । उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणा जस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी निर्वाचनको घोषणा गरेको आरोप लगाए ।
प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिक दबाब र एमालेको माग थेग्न नसकेर सरकारले छापामार शैलीमा निर्वाचनको घोषणा गरेको आरोप लगाएको हो ।
त्यही क्रममा उनले मंसिर ४ गते निर्वाचनमा सम्पूर्ण बहिखाता बोकेर निर्वाचनमा जाने बताए । ‘एमाले सम्पूर्ण बहिखाता बोकेर जनतामा जान्छ,’ उनले भने, ‘निष्पक्ष, भयरहित निर्वाचन गराउने विषयमा एमालेको सरकारलाई सहयोग रहने बताए । उपाध्यक्ष नेम्वाङले एमालेको आधिकारिक धारणा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी नै रहेको बताए ।
गठबन्धन सरकार दूषित रहेको टिप्पणी गर्दै उनले संसारभर चलेको संसदीय मूल्यमान्यताविपरीत नेपालमा सत्तापक्षले प्रमुख प्रतिपक्षका विरुद्ध घेराबन्दी गरिरहेको आरोपसमेत लगाए । ‘सत्तापक्ष प्रतिपक्षका विरुद्ध धुलोपिठो पार्छु भन्दै हिँडेको छ,’ उनले भने, ‘यस्तो संसदीय व्यवस्था दुनियाँमा कतै नभएको बताए । उनले गठबन्धन दलले एमालेलाई घेराबन्दी बनाउन लगाएको समेत बताए ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















