मुख्य समाचार

झापामा आगलागी, ६ घर जलेर नष्ट

नवलपुर टुडे
२०७९ साउन ४ | बिहान १०:०४ बजे

झापा । झापा गाउँपालिका–५, सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ ।

स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि छिमेकीको घर समेत आगो सल्किएको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

टिनको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले निभाएका थिए । रासस

कमेन्टहरु