१५ सहसचिवको सरुवा, कसको कहाँ ?

नवलपुर टुडे


काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायका १५ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत सहसचिवको काज सरुवा गरेको हो। मन्त्रालयका अनुसार पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।
यस्तै, संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रदीप परियारलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ। सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मालाई अर्थ मन्त्रालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ । अर्थ मन्त्रालय गण्डकी प्रदेशका प्रदेश सचिव वैकुण्ठप्रसाद अर्याललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रकाश पौडेललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।
यसैगरी, राष्ट्रिय समावेशी आयोगका शिवकुमार कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश १ विराटनगरअन्तर्गत सरुवा गरिएको छ। श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रदेश सचिव दीपक घिमिरेलाई संघीय मामिला तथा सामान्य मन्त्रालयमा सरुवा गरिएको छ । रक्षा मन्त्रालयका कृष्णप्रसाद ज्ञवालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालमा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमाकान्त दुवाडीलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ।
यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद भट्टराईलाई घोराही उपमहानगरपालिका, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलाई पोखरा महानगर र धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललाई वीरगन्ज महानगरपालिकामा सरुवा गरिएको छ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















