मुख्य समाचार

नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध मेयर शाहले दिए उजुरी

नवलपुर टुडे
२०७९ साउन ३ | मध्यान्ह ०५:०४ बजे

काठमाडौं, साउन ३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।

मेयर साहले मंगलबार महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।

केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनले काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन अफ नेपाल बन्दलाई आर्थिक वर्ष २०७९/८० को बजेट उपलब्ध गराएको भनि समाचार प्रकाशन तथा प्रसारण गरेको थियो ।

उक्त समाचारप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उजुरी पत्रमा उल्लेख छ । महानगरले कुनै अमुक संस्थालाई बजेट विनियोजन गरेको भन्ने कुरा भ्रामत र तथ्यहिन रहेको जनाएको छ ।

photo 2022 07 19 17 43 07

कमेन्टहरु