मुख्य समाचार

पानी ट्याकींमा डुवेर दैलेखको दुल्लुमा दुई बालबालिकाको मृत्यु

नवलपुर टुडे
२०७९ साउन ३ | बिहान ०७:०४ बजे

सुर्खेत । दैलेखमा दुई बालबालिकाको पानी ट्याकींमा डुवेर मृत्यु भएको छ ।

दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको हिजो कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङकी बोडघाटमा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताए ।

‘ दिउँसो चार बजे उनीहरु मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो ।’ उनले भने ।

कमेन्टहरु