पत्रकार आक्रमण गर्ने प्राधिकरणका कर्मचारीलाई कारवाही गर्न चौतर्फी दबाब, महासंघको केन्द्रीय टोली भोलि चितवन आउदै

नवलपुर टुडे


चितवन, साउन २ । नारायणी अनलाइनका सम्पादक तथा संचारपत्र दैनिकका प्रकाशक पत्रकार कृष्ण आचार्यमाथि भएको आक्रमणबारे अध्ययन गर्न र घटनामा संलग्नलाई न्यायिक कारवाहीका लागि ध्यानाकर्षण गराउन नेपाल पत्रकार महासंघको केन्द्रीय टोली चितवन आउने भएको छ ।
उपाध्यक्ष उदय जिएमको संयोजकत्वमा सचिव सृजना अर्याल र केन्द्रीय सदस्य ध्रुवकुमार रावलको तीन सदस्यीय टोली चितवन खटाउने निर्णय भएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो । टोली भोली सांझसम्म चितवन आईपुग्ने पुरीले बताउनुभयो । जिल्ला शाखासंग समन्वय गरेर टोलीले आक्रमणकारीलाई कारवाहीका लागि दवावमुलक कार्यक्रम समेत गर्नेछ । “अझै एकजना पक्राउ नपरेको बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, गृह मन्त्रालयमा समेत हामीले पक्राउका लागि ताकेता गरिरहेका छौ ।” महासचिव पुरीले भन्नुभयो । मुद्दा दर्ता भएका आठजना मध्ये बिधुत प्राधिकरण भरतपुरका प्रमुख राजिबकुमार सिंह पक्राउ परेका छैनन् ।
जिल्लास्थित पत्रकार सम्वद्द संघसंगठनले प्रमुखलाई समेत छिटो पक्राउ गरेर कानुनी कारवाही अगाडि बढाउन संयुक्त बक्तव्य जारी गर्दै आज ध्यानाकर्षण गराएका छन् । पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवन उपाध्यक्ष राजेन्द्र आचार्य , समाजवादी प्रेस संगठन चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिना र मिडिया नेपाल चितवनका अध्यक्ष समिक्षा पुरीले संयुक्त बिज्ञप्ति जारी गरेका हुन् ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















