एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

नवलपुर टुडे
२०७९ साउन २ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं, साउन २ । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिएका हुन् ।
सरकारले आफूभन्दा १६ महिना कनिष्ठ एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि बढुवा बदरको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च अदालतले उनको रिट खारेज गरिदिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
२०७९ वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई जेष्ठता मिचेर आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । पोखरेल सिंहभन्दा १६ महिना सिनियर एआईजी थिए । सिंह एआईजी बनेको एक महिना नबित्दै आईजीपी बनेका थिए ।























