एमाले अध्यक्ष ओली र फ्रान्सका राजदूत बौरबाओबीच भेटवार्ता

नवलपुर टुडे
२०७९ साउन २ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं, साउन २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओबीच भेटवार्ता भएको छ । सोमबार ओली निवास बालकोटमा राजदूत बौरबाओ र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा एमाले उपमहासचिव विष्णु रिमालसमेत सहभागी थिए । उनीहरुबीच दुई देशको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको बालकोट स्रोत जनाएको छ । स्रोतका अनुसार दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा पनि छलफल भएको थियो ।
राजदूत बौरबाओले नेपालको आर्थिक र सामाजिक विकासका लागि फ्रान्स सधै सकारात्मक रहेको बताएका छन् । उनले दुई देशबीच आपसी सहयोग आदान प्रदान गर्नुपर्ने बताए ।























