मुख्य समाचार

नेपाल प्रहरीका ३४ इन्स्पेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस

नवलपुर टुडे
२०७९ साउन २ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं, साउन २ । नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी महानिरीक्षकको नेतृत्वमा आज बसेको बढुवा समितिको वैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिले होम बहादुर थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । यस्तै दोस्रो नम्बरमा दिपेन्द्र कुमार पाल र तेस्रो नम्बरमा किरण प्रसाद न्यौपाने सिफारिस भएका छन् ।

समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप-नियम (४) अनुसार बढुवामा सिफारिस गरेको हो ।

photo 2022 07 18 13 04 29photo 2022 07 18 13 04 30

कमेन्टहरु