मुख्य समाचार

प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता

नवलपुर टुडे
२०७९ साउन १ | मध्यान्ह ०१:०४ बजे

काठमाडौ, साउन १ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा आइतबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । नड्डाकै निमन्त्रणमा प्रचण्ड तीनदिने भ्रमणका लागि शुक्रबार नयाँदिल्ली गएका थिए । प्रचण्ड-नाड्डाबीच दुई देशीय सम्बन्धबारे छलफल भएको छ ।

नड्डासँगको भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर, भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले, अध्यक्ष प्रचण्डका छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल सहभागी थिए । प्रचण्डले यसअघि भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले, विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरिसकेका छन् ।

प्रचण्डले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने सम्भावना छ । यद्यपि भेट्ने नभेट्ने निश्चित भने छैन । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।

कमेन्टहरु