मुख्य समाचार

भरतपुर विद्युत् कार्यालयभित्र पत्रकारमाथि हातपात

नवलपुर टुडे
२०७९ असार ३२ | मध्यान्ह १२:०३ बजे

चितवन, असार ३२ । प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष एवं नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्यमाथि भरतपुर विद्युत् कार्यालयमा हातपात र दुर्व्यहार भएको भन्दै नेपाल पत्रकार महासंघ चितवन शाखा र प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले दोषीलाई कारबाही गर्न माग गरेको छ ।

भरतपुरमा रहेको विद्युत् कार्यालयभित्र मदिरासहितको भोज भएको भन्ने सूचनाका आधारमा शुक्रबार साँझ समाचार संकलनका लागि गएका आचार्यमाथि मदिराले मातिएका कर्मचारीहरुले हातपात गर्दै उनको साथमा रहेको दुईवटा मोबाइलसमेत खोसेका थिए । कार्यालयको मुख्य गेट बन्द गरेर हातपात गरेको र लगाएको कपडासमेत च्यातिदिएको आचार्यको भनाइ छ ।

महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारीले शनिबार एक विज्ञप्ति जारी गर्दै समाचार संकलनका लागि गएका पत्रकार आचार्यमाथि भएको दुर्व्यवहारमा संलग्न सबै कर्मचारीलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

photo 2022 07 16 12 28 10

यसैगरी, सो घटनाको प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनका अध्यक्ष सुवास पण्डितले नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहलाई विभागीय कारबाहीको लागि जोडदार माग गरेका छन् ।

photo 2022 07 16 12 28 12

कमेन्टहरु