दिल्लीमा प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजु देउवाबीच भेटवार्ता

नवलपुर टुडे
२०७९ असार ३२ | मध्यान्ह १२:०३ बजे

काठमाडौं, असार ३२ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटवार्ता भएको छ ।
उपचारका लागि केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजुसँग प्रचण्डको शनिबार बिहान भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिती रहेको थियो ।
शुक्रवार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि प्रचण्ड र आरजुबीच भेटवार्ता भएको थियो । प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन् ।























