हर्क साम्पाङ र रवि लामिछानेबीच भेटवार्ता

नवलपुर टुडे
२०७९ असार ३१ | मध्यान्ह ०१:०३ बजे

सुनसरी, असार ३१ । पूर्वसञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । धरान उपमहानगरपालिकाकै कार्यकक्षमा साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा अध्यक्ष लामिछानेले मेयर साम्पाङलाई औपचारिक रुपमा बधाई तथा शुभकामना दिएका थिए । उनीहरुबीच धरानको विकासका साथै सामान्य राजनीतिक विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ । पार्टी निर्माणका लागि देश दौडाहामा रहेका रवि झापाको भेला सकेर सुनसरी भेलाका लागि बिहीबार नै धरान पुगेका थिए ।
लामिछानेले नेपाली राजनीतिले परिवर्तन गर्न खोजेको आवाजलाई बुलन्द पार्न धरान आफ्नो लागि विशेष भएको बताएका छन् । शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीले धरानमा कार्यक्रम गरेको छ ।























