बिहीबारदेखि बेपत्ता रहेका २ बालकको शव वाग्मती नदीमा फेला

नवलपुर टुडे


रौतहट, असार ३१ । रौतहटको वाग्मती नदी किनारमा दुई जना बालकको शव फेला परेको छ । बिहीबार दिउँसोदेखि बेपत्ता भएका बालकको शव शुक्रबार बिहान भेटिएको हो ।
बिहीबार विद्यालयबाट फर्किएर वाग्मती नदीमा नुहाउन गएका दुर्गाभगवती गाँउपालिका- ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नं. २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका थिए । दुवै बालकको खोजी कार्यका लागि गोताखोरसहितका सुरक्षाकर्मीहरु परिचालन भएको थियो ।
खोज तलास गर्ने क्रममा हर्षकुमार झाको शव बिहीबार बिहान दुर्गाभगवती – ५ बहुअर्वामा र आदित्य झाको शव वडा नंं ३ पर्साटोलस्थित वाग्मती नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।
शव भेटिएपछि हाल मुचुल्कालगायतका कामहरु गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















