राजनीति

उपसभामुखका लागि काँग्रेसकी पुष्पा भुसालको मनोनयन दर्ता

नवलपुर टुडे
२०७९ असार ३० | मध्यान्ह १२:०३ बजे

काठमाडौं, असार ३० । प्रतिनिधि सभाको उपसभामुख पदका लागि नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट भुसालले मनोनयन दर्ता गराएकी हुन् ।

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । भुसाल यसअघि पनि उपसभामुख पदमा उम्मेदवार बनेकी थिइन् । उनी २०७४ चैतमा भएको चुनावमा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी हुन् ।

यता नेकपा एमाले भने उपसभामुखमा उम्मेदवारी दिने नदिनेबारे अन्यौलमा रहेको छ ।

कमेन्टहरु