राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकमा मन्त्री र पदाधिकारी बोल्ने

नवलपुर टुडे
२०७९ असार ३० | बिहान ०८:०३ बजे

काठमाडौं, असार ३० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज मन्त्री र पदाधिकारीले बोल्ने भएका छन्। दुई दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउसो १ बजे बस्दै छ। केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने भएका छन्।

कांग्रेस केन्द्रीय सदस्यहरुले विभिन्न मन्त्रालयले गरेका कामका विषयमा प्रश्न गरेका छन्। सरकारको एक वर्ष पुगेको अवसरमा मन्त्रीहरुले आफूले गरेका कामबारे केन्द्रीय कार्यसमितिमा जानकारी दिने भएका छन्।

अहिले प्रधामन्त्री शेरबहादुर देउवाले रक्षा र अर्थ मन्त्रालयले पनि सम्हालेका छन्। त्यस्तै, केन्द्रीय सदस्य बालकृष्ण खाण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार मन्त्री, उमा रेग्मी महिला तथा बालबालिका मन्त्री, दीलेन्द्रप्रसाद बडू उद्योग मन्त्री, नारायण खड्का परराष्ट्र मन्त्री, उमाकान्त चौधरी खानेपानी मन्त्री र उमेश श्रेष्ठ प्रधानमन्त्रीको कार्यालय हेर्ने गरी राज्यमन्त्री छन्।

मन्त्रीहरुले जवाफ दिएपछि कांग्रेस पदाधिकारीले बोल्ने कार्यक्रम रहेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए। उनका अनुसार केन्द्रीय सदस्यले उठाएका प्रश्नको पदाधिकारीले जवाफ दिएपछि केन्द्रीय कार्यसमिति बैठक सम्पन्न हुनेछ।

कमेन्टहरु