कतारमा अलपत्र परेका एक व्यक्तिको मोना संघ कतारद्वारा उद्धार

नवलपुर टुडे


कतार, असार २९ । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले कतारमा अलपत्र परेका एक व्यक्तिको उद्धार गरेको छ । वैदेशिक रोजगारीका क्रममा एक वर्षदेखि कतारमा रहेपनि विविध समस्याका कारण नेपाल फर्कन असमर्थ एक म्याग्देलीलाई संघले उद्धार गरी नेपाल पठाएको हो ।
जिल्लाको मालिका गाउँपालिका सिस्नेरीका हस्तबहादुर सुनार अवैधानिकरूपमा कतारमा रहेको जानकारी पाएपछि संस्थागत रूपमा उनको उद्धार गरिएको मोना कतारका अध्यक्ष नरेन्द्र फागामीले बताए । नेपालबाट श्रम सम्झौता गरेर आएको कम्पनी छोडेर अवैधानिक रूपमा काम गर्दै आएका सुनार बिरामी परेपछि थप समस्यामा परेको फगामीले जानकारी दिए ।
संस्थागत रूपमा टिकट व्यवस्थापन र काउन्सेलिङ गर्दै कतार एयरवेजमार्फत मंगलबार राति उनलाई नेपाल पठाइएको मोना कतारले जनाएको छ । सन् २००३ मा स्थापना भएको सामाजिक संस्था मोना कतारले जिल्ला तथा कतारमा समस्यामा परेका हरेकलाई आवश्यक सहयोग गर्दै आएको छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















