मुख्य समाचार

काठमाडौंको भृकुटीमण्डपमा आगलागी

नवलपुर टुडे
२०७९ असार २९ | मध्यान्ह ०४:०३ बजे

काठमाडौं, असार २९ । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ ।

भृकुटीमण्डपको पुरानो सिनेमा हल नजिकै रहेको ह्विलचेयर गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो झन्डै तीन बजेतिर ह्विलचेयर राखेको गोदाममा आगलागी भएको हो ।

अहिले दमकल, नेपाल प्रहरीलगायत अन्यको सहयोगमा आगलागी नियन्त्रण गर्ने काम भइरहेको र आगलागीबाट अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको प्रहरी उपरीक्षक मैनालीले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

कमेन्टहरु