चिनियाँ कम्युनिष्ट नेता लिउले भेटे एमाले अध्यक्ष ओलीलाई

नवलपुर टुडे
२०७९ असार २८ | बिहान ११:०३ बजे

काठमाडौं, असार २८ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
अध्यक्ष ओलीलाई भेट्न लिउ आफ्नो टोलीसहित बालकोट पुगेका हुन् । लिउ र ओलीबीचको भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र नेता विष्णु रिमाल पनि सहभागी रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
आइतबार नेपाल आएको लिउ नेतृत्वको टोलीले यसअघि प्रधानमन्त्री, परराष्ट्रमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिसकेको छ । उक्त टोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने र सोही दिन स्वदेश फर्कने कार्यक्रम छ ।























